


महिन्द्राको ‘एक्सईभी–नाइन ई’ दुई मोटर सार्वजनिक




काठमाडौं । अग्नी इनकर्पोरेट प्रालिले एक्सईभी–नाइन ई एसयूभी सार्वजिनक तथा बिक्री सुरु गरेको छ । महिन्द्राको पछिल्लो प्योर इलेक्ट्रीक एसयूभी एक्सईभी–नाइन ई आजबाट सुरु भएको नाइमा मोविलिटी एक्स्पो मार्फत सार्वजिनक गरेर बिक्री सुरु भएको हो ।
कम्पनीले एक्सईभी–नाइन ई को ३ भेयरन्ट सार्वजनिक गरेको हो । जसमा बेस भेरियन्ट (प्याक १) को मूल्य ६७ लाख ५० हजार, प्याक २ को ७५ लाख ५० हजार र प्याक ३ टप भेरियन्टको ९३ लाख रुपैयाँ तोकेको छ । मूल्य बाहेक यसमा फिचरको हिसावले एक्सईभी–नाइन ई निकै बलियो छ । फिचरकै बलमा महिन्द्राको बलियो नेटवर्क, सर्भिस र ईभीको अनुभवका आधारमा एक्सईभी–नाइन ईले राम्रो ब्यापार गर्न सफल हुने अनुमान गरिएको छ ।
एक्सईभी–९ईमा दुई ब्याट्री अप्सनमा आएको छ । सानो ५९ किलोवाट आवरको ब्याट्रीले ४०० किलोमिटर र ठूलो ७९ किलोवाट आवरको ब्याट्रीले ५५० किलोमिटर माथि रेन्ज दिनेछ । अर्को यसको ब्याट्री पनि तिब्र गतिमा चार्ज हुन्छ । कम्पनीका अनुसार १७५ किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्ने एसयूभीलाई २० देखि ८० प्रतिशत केबल २० मिनेटमा गर्न सकिने महिन्द्राको दावी छ ।
यसको ड्यासबोर्डमा तीनवटा स्कृन दिएको छ । १२.३ इन्ज साइजका तीन स्कृन एक आपसमा जोडिएका छन् । १६ वटा स्पीकर, १४०० वाटको हर्मन कार्डनको साउन्ड सिस्टम, वेलकम र मेरोरी सिट, अगाडि सिट बोस मोड उपलब्ध छ । वायरलेस चार्जर, एलइडी लाइट सहितको प्यानारोमिक क्लास रुफ दिइएको छ ।