

मन्दाकिनी हाइड्रोपावरको नाफा बढ्यो




काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिसम्म यस कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा यस कम्पनीले विद्युत बिक्री आम्दानी सामान्य बढाउन सफल भएको छ । यता कम्पनीको वित्तीय खर्च पनि घटेको छ । जसको कारण कम्पनीको नाफामा सुधार देखिएको हो ।
गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी १.५१ प्रतिशतले बढेर १० करोड ढ१ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी १० करोड ७५ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ४.४१ प्रतिशत बढेर ९ करोड ६० लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीको यस्तो मुनाफा ९ करोड १९ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
गत आवमा कम्पनीको वित्तीय आम्दानी ८७ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय आम्दानी एक वर्षमा २५.२५ प्रतिशत बढेको छ । अघिल्लो आवमा कम्पनीको वित्तीय आम्दानी ७० लाख २३ हजार रुपैयाँ थियो ।
गत आवमा यस कम्पनीले वित्तीय खर्च २ करोड २७ लाख २२ हजार रुपैयाँ गरेको छ । कम्पनीको यस्तो खर्च अघिल्लो आवको तुलनमा १८.६५ प्रतिशत घटेको हो । अघिल्लो आवमा यस कम्पनीले २ करोड ७९ लाख ३२ हजार रुपैयाँ वित्तीय खर्च गरेको थियो ।
यस कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९० पैसा बढेर ६ रुपैयाँ १७ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९७.६३ गुणा रहेको छ। गत आवमा यस कम्पनीको चुक्ता पुँजी ६४ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कम्पनीको अन्य इक्विटीमा ४ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।