

सप्तकोशीमा पानीको बहाव उच्च, २३ ढोका खोलियो




काठमाडौं । वर्षाका कारण सप्तकोशीको नदीमा पानीको वहाव उच्च भएसँगै २३ ओटा ढोका खोलिएको छ।
आइतबार साँझ कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड १ लाख ९१ हजार २१० क्यूसेक मापन गरिएकोमा आज बिहान प्रतिसेकेण्ड १ लाख ७५ हजार ६८५ क्यूसेक मापन गरिएको छ।
यससँगै कोशी ब्यारेजमा रहेको ५२ मूल र ४ वटा नगरको गरेर ५६ ढोकामध्ये २३ ढोका खुल्ला गरिएको छ। कोशी ब्यारेजमा पानीको वहाव १ लाख ५० हजारभन्दा माथि पुगेपछि सर्वसाधारणलाई सतर्क गराउन खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ।