

बाढी पहिरोका कारण ७ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, ८ वटा एकतर्फी सञ्चालन




काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् भने केही राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
नेपाल अनुसार संखुवासभा जिल्ला भोटेखोला नगरपालिका–४ बरूण स्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
यस्तै रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुल पूर्णरूपमा अवरुद्ध भएको छ भने सोही जिल्लाको गोसाइकुण्ड गाँउपालिका २-३ पासङल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार रोल्पा जिल्ला परिवर्तन गाँउपालिका–५ सागुरोखोला स्थित शहिद राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । रूकुम पश्चिम जिल्ला अठबिसकोट नगरपालिका–६ रिजिगार स्थित जाजरकोट डोल्पा भेरी करिडोर सडखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
यस्तै हुम्ला जिल्ला सर्केगार्ड गाँउपालिका–१ खच्चा स्थित कर्णाली करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै जाजकोट जिल्ला नलगाड नगपालिका–११ चोखा खोला स्थित डोल्पा सडकखण्ड पूर्णरूपमा अवरोध भएको छ ।
यस्तै काठमाडौं जिल्लाको टोखा नगरपालिका–२ काठमाडौं नुवाकोट सडकखण्ड एकतर्फी सुचारू भएका छन । रसुवा जिल्ला उत्तरगया गाँउपालिका–५ नौबिसे स्थित गल्छि त्रिशुलीदेखी मैलुङ स्याफ्रु जने सडक एकतर्फी सुचारू भएका छन यस्तै बागलुङ जिल्ला बागलुङ नगरपालिका १० दब्ल्याङ स्थित कालिगण्डकी एकतर्फी सुचारू भएका छन् ।
यस्तै नवलपरासी जिल्ला गैडाकोट नगरपालिका तरङखोला कालिगण्डकी एकतर्फी सुचारू भएका छन । मुस्ताङ जिल्ला थासाङ गाँउपालिका ४ घोप्टेभिर स्थित बेनि जोमसोम सडक खण्डमा एकतर्फी सुचारू भएका छन् ।
यस्तै तँनहु जिल्ला बन्दिपुर गाँउपालिका ४ चुनपहरा स्थित पृथ्विराजमार्ग एकतर्फी सुचारू भएका छन् । यस्तै रोल्पा जिल्ला परिवर्तन गाँउपालिका–५ ग्रामजिम र धामचोर स्थित सहिद राजमार्ग एकतर्फी सुचारू भएका छन् सोही जिल्लाको परिवर्तन गाँउपालिका–५ हतारबाँस स्थित घोराही रूकुम शहिद राजमार्ग एकतर्फी सुचारू भएको सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।