

सवा ३ अर्ब अपचलन भएको ठहर गर्दै सीआईबीले भन्यो १ सय ११ जनालाई मुद्दा चलाउनुपर्छ




काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नयाँ निर्णय गरेको खबर छ । त्यस्तो खबर अरु केही विषयमा नभई कर्णली विकास बैंकको रकम अपलचन सम्बन्धि हो । सोही बैंकको रकम अपचलनको सवालामा सीआईबीले १ सय ११ जनालाई मुद्दा चलाउनुपर्ने सूचना बाहिर ल्याएको छ ।
प्रहरीहरु तयार गरेको त्यस्तो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई दिइएको छ भने कर्णली विकास बैंकको ठूलो घोटालाको बारेमा पछिल्लो समय अधिकांश ग्राहक, बैंक वित्तीय संस्था एवम् आम नागरिकहरुमा समेत आगामी दिनका के कस्तो निर्णय हुने हो भन्ने ठूलो कौतुहलता खड्कीदै आएको अवस्था छ ।
कर्णाली विकास बैंकले आफ्नो मूल नाराको रुपमा समृद्धिको आधार भनेर समेत प्रस्तुत गर्दै आएको थियो । यता, सरकारले समेत खुशी नेपाली समृद्ध नेपाललाई फोकस गरेरै कार्य गरेको देखिन्छ ।
यद्धपी कर्णाली विकास बैंकले भने आफ्नो नारा अधुरो जस्तो बनाएको फरक परिस्थीति समेत सिर्जना भएको छ ।