

बीमा दर्पण डटकम दोस्रो वर्षमा प्रवेश




काठमाडौं । बीमा दर्पण डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ । नोभल्टी न्युज मिडीया अन्तर्गत २०८१ सालको साउन १० गते दर्ता भई संचलनमा आएको सोही अनलाईन पत्रिका आजबाट दोस्रो वर्षमा प्रवेश गरेको हो ।
मिरोर अफ इन्स्योरेन्स भन्ने मूल नारा सहित आर्थिक पत्रिकाको रुपमा संचालित सोही पत्रिकाले आफ्नो पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा पाईला आरम्भ गरेको हो । समाजमा रहेका समाचारजन्य सूचनालाई ठिक समयमा ठिक तरिकाले सम्प्रेषण गर्ने उदेश्यका साथ उदायको पत्रिकाले एक बसन्त पार गरेको यस शुभ घडीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ, सहयोग, हौंसाला र माया प्रदान गर्ने सम्पूर्ण सकारात्मक विकासप्रेमी मनहरुलाई बीमा दर्पण डटकमको तर्फबाट समेत यसैलेख मार्फत हार्दिक आभार व्यक्त गरिएको छ ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स)