तिहारकै बेलामा तिहारले नछोएको दिन
काठमाडौ । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड दीपावली (तिहार) पर्व सुरु भए पनि आज तिहार विशेष कुनै पनि चाड छैन । या भनौ आजको दिन तिहार भित्र पनि तिहारले नछोएको दिन हो ।
विषेश गरेर नेपाली परम्परा अनुसार पाँच दिन मनाईन्छ । कागबाट सुरु भएको पुजा, कुकुर पुजा, लक्ष्मी पुजा,हल तिहार लगायत भाई पुजा यान की भाई टिकासम्म मनाईने चलन छ । तर, आज भने तिहार सुरु भए पनि कुनै विषेश पुजा परेको छैन ।
हिजो मात्रै लक्ष्मी पुजा सम्पन्न भएको आज कुन तिहार हो भन्ने पनि धेरैको चासोको विषय बन्न पुगेको देखिन्छ । नेपाली परम्परा अनुसार आज औंसी परेको छ भने आजको दिनमा बेलुका देउसी, भैलो भने जारी रहनेछ ।
यसपालि आउने आईतबार कार्तिक शुक्ल द्वितीयाको दिन बिहान ११ बजेर ३७ मिनेटमा भाईटीकाको साइत जुरेको अवस्था छ ।
कतिपय ठूला व्यापारीक घरानाहरुले हिजो पूजा सम्पन्न गर्न नपाएको अवस्थामा तथा सर्वसाधारणहरुको घरमा हिजोसम्म जुठो वा तिहार बनाउन बाधा परेको अवस्थामा आजको दिनमा पनि लक्ष्मीपुजा गर्ने तयारी गरेका छन् । औसीलाई समेत नेपाली पात्रो अनुसार शुभ दिन मानिने भएकाले आजको दिनलाई पनि विषेश दिन मान्न सकिन्छ ।
तर, यमपञ्चकको नामले चिनिए पनि यसपालिको तिहार पाँचदिन भन्दा लामो बन्न पुगेको अवस्था छ ।