
धौलागिरी लघुवित्तका ३ जना सञ्चालकले दिए एकैपटक राजीनामा

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् ।
कम्पनी सञ्चालक समितिका सदस्य सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेलले एकैपटक राजिनमा दिएका हुन् । संस्था भित्रको आन्तरिक किचलोका कारण वा आफ्ना व्यक्तिगत कारणले राजिनामा दिएका हुन् सो कुरा उल्लेख गरिएको छैन् ।
धौलागिरी लघुवित्तको बिहीबार अर्थात साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले तीनै जना सञ्चालकको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।


