

कित्ताको १९० दरमा एनआईसी एशियाको शेयर बिक्रीमा




काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक समूहको ७ लाख ५ हजार ९५० कित्ता शेयरको बिक्री खुलाएको छ। सोही बैंकले प्रतिकित्ता न्यूनतम १९० रुपौँमा विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी शेयरको ब्रिकी खुलाएको हो ।
त्यस्तै, खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य बोलकबोल गरी न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ता शेयर माग गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने जनाइएको छ।
साथै, शेयर खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित यही साउन २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा आवेदन दिन सक्ने बताइएको छ ।