
दोहोरो अंकको लाभांश बाढ्ने नबिल बैंकको निर्णय



काठमाडौं । शेयरधनीहरुलाई आकर्षक लाभांश दिने तयारी नबिल बैंक लिमिटेडले गरेको छ । बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने भएको हो।
गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव यही कात्तिक १३ गतेको सञ्चालक समितिको बैठकले पारित गरेको हो ।शेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश ,कर सहित प्रति शेयर १० रुपैयाँ कर सहित वितरण गरिने भएको छ।
विगतका समयमा जस्तै यसपालि पनि नेपाल राष्ट्र बैंकले स्वीकृति र साधारण सभाले सदर गरेसँगै बैंकले दिएको उक्त आकर्षक लाभांश शेयरधनीहरुले हात पार्ने छन् ।

