
स्टाण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश:यस्तो छ बोनसको अवस्था



काठमाडौं । नेपाली बैक वित्तीय क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल स्टाण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । उक्त बैंकले लाभांश घोषणा गर्दै गएको आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २५.५० प्रतिशत लाभ दिने भएको हो।
आजै बसेको बैंकको संचालक समितिको बैठकद्धारा यसपालि ६.५० प्रतिशत बोनस शेयर र करसहित १९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरिएको हो। आफ्नो लाभांश सम्बन्धि सूचना आजै बैंकले सार्वजनिक गरेको छ ।
अन्य बेला जस्तै बैंकले तयार गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाले सदर गरेसँगै शेयरधनीहरुले लाभांश हात पार्ने छन् ।

