

सन नेपाल लाईफले पार गर्यो ५ अर्ब कुल बीमाशुल्क




काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब करोड भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले बैदेशिक रोजगार म्यादी जीवन बीमा बाहेक परम्परागत जीवन बीमामा नै प्रथम बीमाशुल्कमा ६१.०६ प्रतिशतको बृद्धि गरेको छ । पछिल्लो बर्षमा ७२.११ करोड प्रथम बीमाशुल्क आर्जन गरेकोमा यस बर्ष कम्पनीले ११६.१४ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ ।
बैदेशिक रोजगारमा गत बर्ष ८४.१८ करोड बीमाशुल्क आर्जन गरेकोमा यस बर्ष १०४.२३ करोड गरी २३.८१ प्रतिशतको बृद्धि भएको छ । साथै नवीकरण बीमाशुल्क २३२.१२ करोडबाट यस बर्ष २८०.०१ करोड बीमाशुल्क आर्जन गरी नवीकरण बीमाशुल्कमा २०.६७ प्रतिशतको बृद्धि गरेको छ ।
समग्रमा गत वर्ष जम्मा ३८८.४० करोड बीमाशुल्क प्राप्त गरेकोमा यस बर्ष कम्पनीले उल्लखनीय २८.८५ को बृद्धि गरेको छ । कम्पनीले हाल देशैभरबाट १४० शाखा उपशाखाबाट आफ्नो बीमा सेवा प्रदान गरिरहेको छ ।