

सेयर बजारबाट राज्यलाई १६ अर्ब ५४ करोड राजस्व प्राप्त




काठमाडौं । सेयर कारोबारबाट राज्यले प्राप्त गर्ने पुँजीगत लाभकर यसपालि बढ्न पुगेको छ। त्यस्तो लाभकर गत आर्थिक वर्षमा १६ अर्ब ५४ करोड ३७ लाख १ हजार ७३९ रुपैयाँ पुँजीगत लाभकर रहेको र गएकोभन्दा अघिल्लो आर्थिक वर्षमा त्यस्तो कर १४ अर्ब ६ करोड रुपैयाँमा सिमित रहेको पाइएको हो । त्यसरी नै अघिल्लो आवमा राज्यले करिब ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर पाएको देखिन्छ।
यता, सिडिएससीलाई आधारमान्दागत आर्थिक वर्षमा सबैभन्दा बढी साउनमा ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार ८०२ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो भने भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार ६०७ रुपैयाँ रहेको थियो । त्यसरी नै मंसिरमा १ अर्ब ४ करोड ६ लाख २३ हजार ५१४ रुपैयाँ, माघमा १ अर्ब ५ करोड ७० लाख ८८ हजार २५५ रुपैयाँ, वैशाखमा १ अर्ब २२ करोड ९२ लाख ५१ हजार ८७३ रुपैयाँ, जेठमा १ अर्ब १७ करोड ८२ लाख २४ हजार ७५४ रुपैयाँ र असारमा १ अर्ब २७ करोड १२ लाख ४५ हजार ७३५ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।
त्यस्तै, सिडिएससीका अनुसार असोज, कात्तिक, पुस र चैतमा लाभकर अर्बभन्दा कम रहेको छ । सिडिएससीका अनुसार असोजमा ५८ करोड ६५ लाख ४० हजार ४६५ रुपैयाँ, कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार ३८९ रुपैयाँ, पुसमा ५८ करोड ७ लाख ८५ हजार ४५८ रुपैयाँ र चैतमा ६९ करोड ३५ लाख ८० हजार ८२५ रुपैयाँ लाभकर राज्यले पाएको हो।
साथै, यो एक वर्षको अवधिमा बजार ५६०.०४ अंकले बढेको छ । २०८१ साउन १ गते बजार २३१०.५९ बिन्दुमा थियो । अहिले ५६०.०४ अंकले बढेर २८७०.६३ बिन्दु कायम भएको छ । यो अवधिमा बजार मात्रै बढेको छैन । राज्यले पाउने राजस्व समेत ह्वात्तै बढेको छ । सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ । सेयर बजारको कारोबार रकममा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्ने गर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने प्रावधान समेत रहेको अवस्था छ।