

माच्छापुच्छ्रे बैंकका सीईओ कोइराला सम्मानित




काठमाडौं । माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला सम्मानित भएका छन् । नेपाल बैंकर्स एशोसियन (एनबीए) का समेत अध्यक्ष रहेको उनै कोइराला सम्मानित भएका हुन् ।
अध्यक्ष तथा सीईओ कोइराला केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को १५ औ स्थापना दिवस २०८२ को अवसरमा विभुषित भएको एक तस्बिर सीईओ स्वयम्को सामाजिक संजालमा देख्न सकिन्छ । उनले आयोजित एक कार्यक्रममा अपराध अनुसन्धान कार्यमा नेपाल बैंकर्स संघ (एनबीए) ले पुर्याएको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै संघलाइ सम्मान गरिएको खुलाएका छन् ।
सोही समारोहमा प्रहरी महानिरीक्षक दीपक थापा, सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुंग लगायत सम्पुर्णलाई सीईओ कोइरालाले व्यक्तीतगत तथा संस्थागत रुपमा समेत शुभ भाव प्रकट गरेका हुन् ।