

सलिको इन्स्योरेन्सले संकलन गर्यो ५ अर्ब बीमाशुल्क




काठमाडौं । सगरमाथा लुम्बिनी (सलि) को इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको अन्तिम दिनसम्म आईपुग्दा उसले सो सफलता हाँसिल गरेको हो ।
कम्पनीले आफ्नो व्यवसायीक उन्नतीको बारेमा बुधबार सामाजिक संजालनमा समेत तस्बिर सेयर गरेको छ ।
आज सलिकोका उच्च कर्मचारीहरुको साथमा सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले केक काटेका छन् । कम्पनीले केकमा सलिको फाइभ बिएयन लेखेको छ भने उक्त क्षणका कम्पनीका अधिकांश कर्मचारीहरु हर्सित मुद्रामा देखिएका छन् ।
यसँसँगै हालसम्म प्राप्त तथ्यांक अनुसार नेपाली निर्जीवन बीमा बजारमा मोटो रकमको बीमाशुल्क संकलन गर्ने निर्जीवन कम्पनीहरु मध्ये सलिको दोस्रो स्थानमा पर्न सफल भएको हो ।
मर्जरमा गएका अधिकांश बीमा कम्पनीहरुको अवस्था हेर्दा सलिको इन्स्योरेन्सको मर्जरपछिको व्यवसायीक अवस्था अन्यको तुलनामा निकै सफल र सक्रिय समेत देखिन्छ ।