
२५ करोडसम्मको सेयर धितो कर्जा साउनबाटै लागू हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था तत्काल कार्यन्वयन गनेए भएको छ। सो व्यवस्था साउन १ गते अर्थात भोलीबाटै लागु हुने भएको हो।
आज बैंक वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्रमार्फत इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जाको हकमा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको जनाएको छ।
अब त्यस्तो व्यवस्था सेयर धितोमा प्रवाह गरिने कर्जामध्ये ‘मार्जिन प्रकृति’का कर्जामा मात्र लागू हुनेछ भने केही दिन अघि आएको मौद्रिक नीतिमार्फत् एकल ग्राहक कर्जाको सीमा १० करोडबाट १५ करोड रुपैयाँमा पुर्याइएको थियो। त्यस्तो मौद्रिक नीति आए पनि अब सो सीमामा वृद्धि गर्दै २५ करोड पुर्याइएको अवस्थामा राष्ट्र बैंकले एकल ग्राहक कर्जा सीमा व्यक्तिका हकमा मात्र तोकेको छ। यता, संस्थागत ऋणीहरूको हकमा भने यस्ता सीमा लागू नहुने बताइएको हो।
Loading Viewer...

