सरकारी पक्षको प्रारम्भिक आँकलन:अब स्वास्थ बीमा ५ लाख पुग्छ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव देखिने गरी काम गरेको बताएका छन् । उनले बाँकी सुधारका कामहरु पनि तिव्र गतिमा अघि बढेको दाबी गरेका हुन् ।
यता संघीय अस्पतालको सेवा पहिलेभन्दा निकै व्यवस्थित बन्दै गएको उनको भनाई छ । त्यस्तै, आगामी दिनमा पूर्ण सुधार महसुस हुने गरी नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी स्वास्थ्य सेवा बिस्तार गर्ने आफ्नो योजना रहेको मन्त्री पौडेलले बताए ।
स्वास्थ्य बीमा पाँच लाख पुग्ने
उनले बीमाको दायरा ५ लाख पुग्ने दाबी गरेका छन् । प्रधानमन्त्री समेत सकारात्मक रहेकाले स्वास्थ्य बीमाको सुधारमा आफूहरुले गर्न सक्ने निकै ठाउँ रहेको मन्त्री पौडेललेका आशय थियो ।
साथै, सोही विषय लगायत जलनका बिरामीको निशुल्क उपचार, सात प्रदेशमा मुटु रोगको उपचार सेवा बिस्तार तथा जटिल रोगहरुमा जनताले महशुस गर्ने किसिमले सरकारले काम गरि रहेको बताइएको छ ।