


बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयको सह सचिव पोखरेललाई दिइयो




काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सह सचिव सेवन्तक पोखरेललाई दिइएको छ । उनलाई शरद ओझा स्वत निलम्बनमा परेको बेलामा त्यस्तो जिम्मेवारी दिइएको हो।
किर्ते मुद्धा तथा अख्तियारमा उजूरी परेसँगै शरद ओझा माथि सरकारले नै छानविन गर्ने भएको छ । त्यस्तो कुनै पनि प्रकारणको छानविनमा बीमा प्राधिकरणका अध्यक्ष वा समान्य कर्मचारीले पदबाट बाहिर बस्नु पर्ने परीस्थितीमा बीमा प्राधिकरणका नयाँ अध्यक्ष ओझा नै पुगेको बेलामा अर्थमन्त्रालयले तत्कालका लागि पोखरेललाई जिम्मेवारी तोकेको हो।
साताको दोस्रो दिन साँझ बसेको मन्त्री परिषद बैठकले विगत लामो समयदेखि मन्त्रालयले अध्यक्ष ओझाको छानविन गर्न र पदबाट बहिरिन निर्देशन दिएको भन्ने विषय हो कि होइन ? भन्नेलाई आजबाट थप प्रस्ष्ट पारेको छ ।
अहिले ओझा निलम्बनमा परेर पोखरेल बीमा प्राधिकरणको अध्यक्ष तोकिइसकेकोको अवस्था छ ।