

एशियन लाइफ इन्स्योरेन्सले सम्पन्न गर्यो १७ औं वार्षिक सभा




काठमाडौं । मर्जरमा नगएको जीवन बीमकमा पर्ने एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १७ र्औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सोही कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको जनाइएको हो।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले पारित गरेको अवस्था छ।
त्यस्तै, सभाबाट आर्थिक वर्ष २०८०–८१ सम्मको संचित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँको बोनस सेयर ५.१० प्रतिशतले हुन आउने १७ करोड ३३ लाख बराबरको बोनश सेयर र बोनश सेयर तथा नगद लाभांशवापत कर प्रयोजनका लागि ०.२६८४ प्रतिशतले हुन आउने ९१ लाख २५ हजार नगद लाभांश पारित गरेको जनाइएको हो।
साथै, आर्थिक वर्ष २०८०–८१ ९एनएफआरएस बमोजिम० आषाढ मसान्तसम्मको वासलात, नाफा।नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल सहित पारित भएको बेलामा सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी ‘समूह क’ बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान र अच्युतराज सापकोटा तथा सर्वसाधारण शेयरधनी ‘समूह ख’ बाट प्रतिनिधित्व गर्ने संचालक पदमा शौरभ रुंगटा र शिला राजभण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको बताइएको छ।