
प्रभु क्यापिटलले लाभांशको प्रस्ताव सहित डाक्यो साधारणसभा



काठमाडौं । लाभांशको प्रस्ताव सहित प्रभु क्यापिटल लिमिटेडले साह्रौं वार्षिक साधारणसभा डाकेको छ । सो सभा कात्तिक ३० गते शुक्रबार काठमाडौंको कमलादीस्थित रोयल सिङ्गी होटलमा दिउँसो १ बजे सम्पन्न हुने तालिका तय भएको हो ।
यता सभामा गत आर्थिक वर्षमा प्राप्त मुनाफाबाट शेयरधनीहरूलाई कर सहित ७।३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ भने गएको आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित हुनेछ ।
साधारण सभाबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पेश हुने कम्पनीले जानकारी दिएको छ ।

