

सानिमा रिलायन्सको संस्थापक सेयर बिक्रीमा




काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कुल १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।यो सेयर हाल कायम संस्थापक शेयरले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक खरिदकर्ताले ३५ दिन अर्थात् २०८२ भदौ २ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेश दिनुपर्नेछ । तोकिएको समयभित्र कोहीकसैको निवेदन प्राप्त नभएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।