

होङ्सी शिवम् सिमेन्टले घटायो साढे २ अर्ब बढीले व्यापार




काठमाडौं । होङ्सी शिवम् सिमेन्ट कम्पनीले आफ्नो व्यवसायीक अवस्था सार्वजनिक गरेको । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको ९ महिनामा ९ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको हो।
सोही कम्पनीले सन् २०२४ मा ११ अर्ब ९२ करोड ६० लाख रुपैयाँ बराबरको ब्यापार गरेकोमा उसको ब्यापार भने खस्कदो अवस्थामा पुगेको देखिन्छ। विगतमा सन् २०२३ मा १३ अर्ब ८१ करोड १० लाख रुपैयाँ बराबरको ब्यापार गरेको कम्पनीले सन् २०२२ मा १७ अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको ब्यापार गरेको थियो । त्यस्तै। सन् २०२१ मा यस कम्पनीले १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँ व्यापार गरेको छ ।
यता, सन् २०२१ मा २७ प्रतिशत यस्तो आम्दानी रहेको यस कम्पनीको सन् २०२२ मा प्रतिशतले घटेर १५ प्रतिशत कायम भएको बेलामा सन् २०२३ मा ९ प्रतिशत रहेको यस कम्पनीको सञ्चालन नाफा २०२४ मा भने बढेर १७ प्रतिशत कायम भएको देखिन्छ । चालु आवको ९ महिनामा यस कम्पनीको यस्तो नाफा २३ प्रतिशत रहेको तथ्यांकले देखाउछ।
साथै, अल्पकालीन तथा दीर्घकालीन ऋणको लागि ६ अर्ब रुपैयाँ कर्जाको पनि रेटिङ गराएको सो कम्पनीको ऋणलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि एटुप्ल्स’ रेटिङ दिएको छ भने सन् २०२५ मा कम्पनी स्थापना भएको जनाइएको छ। कंक्रिट उत्पादन क्षमता २० लाख मेट्रिक टन प्रतिवर्ष र सिमेन्ट उत्पादन क्षमता २३ लाख मेट्रिक टन प्रतिवर्ष रहेको कम्पनीले कम्पनीमा दुई कम्पनीको सेयर स्वामित्व रहेको छ ।
कम्पनीका अनुसार हाल हङकङ रेड लायन सिमेन्ट कम्पनीको ७० प्रतिशत सेयर स्वामित्व रहेको छ भने, शिवम् होल्डिङ्स कम्पनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको अवस्था छ। कम्पनीको कारखाना नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा रहेको जनाइएको हो ।