

नाइमाले रुचाएन यसपालिको मोनिटरी पोलिसी




काठमाडौँ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले नरुचाएको पाइएको छ।
उसले हिजो जारी गरेको विज्ञप्ति जारी गर्दै अटोमोबाइल क्षेत्रको सुधारका लागि दिएका कतिपय सुझावहरु ठाडै बेवास्ता भएको आरोप लागाएको हो।
यस्ता छन् नाइमाले दिएका सुझावहरू
एसोसिएसनका अनुसार, मौद्रिक नीतिमा यी सुझावहरूलाई बेवास्ता गरिएको छ। नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि हामीले दिएका सुझावहरू समावेश नगरिनु अत्यन्त निराशाजनक विषय हो ।”
मौद्रिक नीतिले समग्रमा कर्जा आपूर्ति बढाउने लक्ष्य राखे पनि अटो कर्जाको पहुँच विस्तारका लागि कुनै स्पष्ट र लक्षित उपाय नल्याएको नाइमाको आरोप छ। रियल स्टेट र सेयर बजार जस्ता अन्य क्षेत्रका लागि स्पष्ट नीति ल्याइए पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि, समग्र मौद्रिक नीतिले कर्जा आपूर्ति वृद्धि गर्ने उद्देश्य लिएकाले अटो कर्जाको उपलब्धता र पहुँचमा सकारात्मक प्रभाव पर्न सक्ने सम्भावनालाई भने नाइमाले सकारात्मक रूपमा लिएको छ। देशको आर्थिक विकासमा अटोमोबाइल क्षेत्रको भूमिकालाई मनन गर्दै उल्लिखित विषयहरूमा पुनर्विचार गर्न र आवश्यक नीति समायोजन गर्न नाइमाले नियामक निकाय राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।