

फ्युल पास नहुँदा अनायासै क्य्रास भएको थियो एयर इण्डीयाको त्यो विशाल विमान




काठमाडौं । छिमेरी राष्ट्र भारतको अहमदाबादमा गएको जुन १२ तारेख एउटा तितो घट्ना घट्न पुग्यो । त्यस्तो घटना एयर इण्डियाको हवाई जहाज दुर्घटना हो भने सोही घटनाको हाल प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको अवस्था छ।
यता, अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनलाई आधार मान्दा दुर्घटनाका केही कारणहरु खुलेका छन् । त्यसरी स्पष्ट पारीएको कारणमा जहाजको इन्जिनहरूमा इन्धन आपूर्ति बन्द हुँदा त्यो विशाल विमान क्रयास नै हुन पुग्यो।
हमेसा कल्पना समेत गर्न मन नलाग्ने र त्यो कहालिलाग्दो घटनामा बोइङ ७८७८ ड्रिमलाइनर विमान अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नपाई त्यसको इन्धन नियन्त्रण गर्ने स्वीचहरू रन बाट कटअफ मोडमा एक सेकेन्डको फरकमा परिवर्तन भएको प्रतिवेदनमा लेखिएको छ। त्यस्तो दुर्घटना हुनु अघि पाइलटले इन्धन आपूर्ती गर्ने स्वीचहरू पुनः अन गर्ने प्रयास गरेपनि त्यसले कुनै माने राखेन। अन्नत ठूलो जनधनको क्षती हुन पुग्यो ।
सोही प्रतिवेदनलाई आधार मान्दा इन्जिनहरूमा इन्धन आपूर्ति बन्द भएर विमान असन्तुलित भएको तथा विमानस्थल छेउको भवनमाथि खसेको हो। त्यस्तै, प्रारम्भिक प्रतिवेदनमा जहाज दुर्घटनाअघि ककपिटमा भएका क्रियाकलापहरूमा केही प्रश्न उठेको बेलामा त्यो विशाल विमानको ‘ब्ल्याक बक्स’ मा ४९ घण्टाको उडान तथ्यांक एवम् दुई घण्टाको ककपिट चालक दल कक्ष अडियो रेकर्ड समेत फेला परेको हो। जहाँ दुर्घटनाका सबुतहरु छुपेका थिए ।
सोही घटनालाई स्मरण गर्दा करिब २ सय ६० जनाले ज्यान गुमाएका थिए भने हैदराबादबाट उडान भरेर लन्डनको ग्याटविक विमानस्थलमा ल्याण्ड हुन बेलुकीपख ६ बजेर २५ मिनेटमा जमिन छुने आशा लिएर उडान भएको एक शक्तीशाली विमान सधैको लागि धुँजाधुँजा भएर अस्ताएको छ । त्यो पनि इहिहासमा कहिल्यै नमेटीने काला दाग र धब्बा छाडेर ।
अहिले विश्व विमान जगतमा समेत सो घटनाले जहाजकर्मी, यात्रु लगायत सुरक्षा संयन्त्र सबैलाई निकै चनाखो समेत बन्न बाध्न बनाएको छ । विश्वको कुनै पनि कुनामा रहेका जो कोही नागरिकको एकपटक कहलि लाग्दो घटनालो कान ठाडो पारेको छ । त्यस्तो घटनाको प्रतिवेदन हालसालै सार्वजनिक भएको हो ।