

नाफा आर्जनमा आक्रामक बन्दै वाणिज्य बैंक : कमाए ५४ अर्ब रुपैयाँ




काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु नाफा आर्जनमा आक्रामक देखिएका छन् । उनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ५४ अर्ब रुपैयाँ नाफा कमाएका हुन्।
हाल संचालनमा रहेका २० बैंकहरुले जेठ मसान्तसम्ममा ५३ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ नाफा हात पारेको तथ्यांक शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो।
समिक्षा अवधिमा अग्रस्थानका ताज नबिल र ग्लोबल आइएमई बैंकले पाएका छन् । उनीहरुले चालु आवको जेठ महिनासम्ममा ६ अर्ब रुपैयाँ माथि नाफा कमाएका हुन् ।
हेर्नुस् कुन बैंकले कति नाफा कमाए ?
यता, नाफा आर्जनको हिसाबले नबिल र ग्लोबल आईएमईपछि तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको र बैंकले ५ अर्ब रुपैयाँ माथि नाफा गरेको छ।
समिक्षा अवधिमा एभरेष्ट बैंकले ४ अर्ब २४ करोड माथि नाफा आर्जन गरेको छ ।
त्यस्तै, ३ अर्ब रुपैयाँ माथि नाफा हात पार्ने बैंकको लिस्टमा एनएमबि बैंक रहेको छ । सोही अवधिमा नेपाल बैंकको पनि नाफा ३ अर्ब रुपैयाँ माथि नै कायम रहेको देखिन्छ।
राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) ले २ अर्ब २० करोड रुपैयाँ माथि नाफा आर्जन गरेको छ ।
स्टयाण्डर्ड चार्टर्रड बैंकले २ अर्ब ७२ करोड रुपैयाँ माथि नाफा आर्जन गरेको छ ।
हिमालयन बैंकले ९ करोड माथि नाफा आर्जन गरेको छ ।
नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड माथि नाफा आर्जन गरेको छ ।
एनआईसी एशिया बैंकले १ अर्ब ५० करोड माथि नाफा आर्जन गरेको छ ।
माच्छापूच्छ्रे बैंकले १ अर्ब ५० करोड माथि नाफा आर्जन गरेको छ ।
कुमारी बैंकले ३७ करोड माथि नाफा आर्जन गरेको छ ।
लक्ष्मी सनराईज बैंकले २ अर्ब ५७ करोड माथि नाफा आर्जन गरेको छ ।
सिद्धार्थ बैंकले २ अर्ब २१ करोड माथि नाफा आर्जन गरेको छ ।
कृषी विकास बैंकले १ अर्ब ८१ करोड माथि नाफा आर्जन गरेको छ ।
सिटिजन्स बैंकले १ अर्ब ४१ करोड बढी नाफा आर्जन गरेको छ ।
प्राईम बैंकले २ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
एनएमबी बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ माथि आर्जन गरेको छ ।
सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ माथि नाफा आर्जन गरेको छ ।