

गभर्नर प्रा.डा. पौडेल : समयमै मौद्रिक नीति ल्याए, व्याख्या गर्न रुचाएनन्




काठमाडौं । आज नेपाल राष्ट्र बैंकले सबै बैंक वित्तीय संस्थाहरुमा लागू हुने गरी नयाँ मौद्रिक नीति जारी गर्यो । त्यसरी समयमै मौद्रिक नीति ल्याउँन सफल देखिएका गभर्नर एवम् प्रा.डा. विश्वनाथ पौडेलले उक्त नीतिको व्याख्या गर्न रुचाएनन् । अनेपेक्षित रुपमा उनी व्याक भए ।
भनाईको मतलब आफूले जारी गरेको मौद्रिक नीतिको बारेमा खुलेर बहसमा जाने विगतको परम्पार भन्दा उनले भिन्न शैली अपनाए । दिउँसो मौद्रिक नीति जारी गरे त्यसपछिको पत्रकार सम्मेलनमा उनी अनुपस्थित भए ।
अहिले मौद्रिक नीति जारी गरेसँगै त्यसपछि आयोजना गरेको समारोहमा नै गभर्नर डा. पौडेल स्वयम उपस्थित नभएको भन्दै विविध ढंगबाट व्याख्या हुन थालेको छ । यद्यपी आफैले जारी गरेको त्यसमा पनि ठूला बैंक वित्तीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने नयाँ मौद्रिक नीतिको गभर्नरले व्याख्या गर्न चाहेनन् ।
मुख्यगरी पत्रकार सम्मेलनमा आर्थिक पत्रकारहरुको बाक्लो उपस्थिती रहने र बजारमा ल्याएका कुनै पनि नयाँ योजनाहरुको विभिन्न ढंगबाट टिका टिप्पणी हुने अवसरबाट गभर्नर केही टाढा बस्न रुचाएका छन् ।
भलै आज जारी भएको मौद्रिक नीतिले विदेश भ्रमणमा जादा लग्ने डलरको सिमा बढाईएको छ । कर्जाको पुनर्संरचना गरिएको छ । आगामी दिनमा ऋणीसँगै राष्ट्र बैंक भन्ने कार्यक्रम समेत चलाउने कुरा मौद्रिक नीतिले प्रस्तुत गरेको छ ।
त्यस्तै, बैंक दर, निक्षेप दर घटाइको छ । सेयर धितोमा जाने एकल कर्जाको सिमा बढाईएको छ । चालु पुँजी कर्जा नीति आगामी आर्थिक वर्षबाट व्यवसायको क्षेत्रका आधारमा परिमार्जन हुने निर्णय भइसकेको छ ।
आागामी दिनमा त्यस्ता नयाँ निर्णयले आम जनता, बैंकर र देशको अर्थतन्त्रमा पर्ने प्रत्यक्ष प्रभावको बारेमा खुलाउने विषयमा भने गभर्नर पौडेल व्याक हटेका छन् । नयाँ आर्थिक वर्षको पूर्व सन्ध्यामा मौद्रिक निती समयमै जारी गरेर चर्चा कमाए पनि आफै जवाफदेही हुनुपर्ने एक महत्वपूर्ण कार्यक्रममा गभर्नर किन व्याक हटे त ? भन्ने परिस्थतीले पक्कै एउटा गम्भिर प्रश्न चिन्ह खडा गरेको छ ।
यससँगै उनी पत्रकारका दर्जनौ प्रश्नहरु छल्न सफल भए की साक्षात्कार गरेर आफ्ना उत्तरहरु दिन पछि परे ? त्यस्तो पाटो पनि एकाएक उजागर बन्न पुगेको अवस्था छ ।