

भोलि कुमारी बैंकका सम्पूर्ण शाखाहरु खुल्ने, हेर्नुस् कतिबेर खुल्छ ?




काठमाडौं । असार मसान्तको समयमा ग्राहकहरुलाई विभिन्न कारोबार गर्न सहज होस् भन्दै विभिन्न बैंक वित्तीय संस्थाहरुले शनिबार पनि शाखा खोल्ने निर्णय गरि रहेका छन् । ठीक यही बेलामा कुमारी बैंकले पनि आफ्नो शाखा सार्वजनिक बिदाको दिन (शनिबार) समेत खोल्ने जनाएको हो ।
उक्त बैंकले एक सूचनामार्फत आफ्ना सम्पूर्ण शाखाहरु खुल्ने तथा कति समयका लागि खोल्ने समेत तोकेर सूचना जारी गरेको छ । सूचनामा ईसीसी, आईपीएस, आरटीजिएस तथा क्लियरिंग सेवा खुला रहने जनाइएको छ ।
सोही सूचनामा कुमारी बैंकले डिजिटल प्रणालीलाई प्राथमिकतामा राख्ने समेत जनाइएको छ ।
यस्तो छ बैंकको सूचना :