

आफ्नै योगदानले बाजी मार्दै शिखर इन्स्योरेन्स कम्पनीको सीईओमा दीपप्रकाश पाण्डे नियुक्त




काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डे नियुक्त भएका छन् । नेपाली बीमा क्षेत्रको लामो अनुभव हाँसिल गरेका पाण्डेलाई संचालक समितिले आगामी कार्यकालका लागि समेत निरन्तरता दिएको हो ।
नियुक्ती पाएका पाण्डेको कार्यकाल चार वर्षसम्म कायम हुनेछ । उनले आफ्नो लोभ लाग्दो करियर बीमा क्षेत्रमा त्यति बेलामा सुरु गरेका थिए जति बेलामा नेपालमा बीमाप्रति खासै आकर्षण थिएन । या भनौ बेलाबखतमा सीईओ पाण्डेले नै सुनाएका अनुभवहरुलाई आधार मान्ने हो भने पनि उनले तत्काललिन एभरेष्ट इन्स्योरेन्सबाट नेपाली बीमा क्षेत्रको यात्रा सुरु गरेका थिए ।
मिहिनेती एवम् सरल व्यक्तीत्व, आँटीला र शान्त स्वभाव रहेका पाण्डेलाई नेपाली बीमा क्षेत्रमा सिर्जनशिल एवम् नयाँ नयाँ जोखिममा हात हाल्न सक्ने क्षमतावान सीईओको रुपमा चिन्न सकिन्छ । उनले आफ्नो जीवनकालनमा धेरै नागरिकहरुलाई (माइक्रोदेखि म्याक्रो) स-साना सस्ता लघु बीमादेखि ठूला अर्बो रुपैयाँ बराबरको बीमामा जोड्न सफल भएका छन् ।
त्यस्तै, दाबी भुक्तानीलाई नै मुख्य नारा बनाउँदै आएको शिखर इन्स्योरेन्समा पाण्डेले गरेको कार्यप्रगति अन्य कम्पनीहरुको जस्तो एउटा मात्रै कम्पनीमा या भनौ सामान्य तालिकामा सिमित छैन । उनलाई नेपाली बीमा क्षेत्रको हस्तीको रुपमा नै चिन्न सकिन्छ । बीमा विज्ञको रुपमा समेत आफूलाइ ठूला र महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरमहरुमा प्रस्तुत गर्दै आएका पाण्डेले आफ्नो नामलाई नेपाली बीमा क्षेत्रको पर्यायवाचीको रुपमा स्थापित गरेका छन् । यो चानचुने कुरा होइन । कुनै व्यक्तीले एउटा क्षेत्रमा लागेर आफ्नो जीवनको लामो समय त्यही व्यतित गर्छ भने त्यसलाई सामान्य जागिरे जीवन या भनौ एउटै नजरबाट हेरेर हुँदैन । सीईओ पाण्डेले नेपाली बीमा क्षेत्रमा दाबी भुक्तानीको सरलीकरण गर्न तथा आफूले नेपाली बीमा क्षेत्रमा बीमा बुझाउँन गरेका कतिपय संघर्षहरुमा उनले घण्टौं बहस गर्न सक्छन् । त्यस्तो बेलामा उनले आफ्नो सिद्धान्त प्रस्तुत गरेको जस्तो भान हुने गरे पनि पाण्डेले नेपाली बीमा क्षेत्रको वास्तविकता जगजाहेर पारिरहेका हुन्छन् । नेपाली बीमा क्षेत्रको यथार्थता चित्रण गरिरहेका हुन्छन् । कुनै पनि क्षेत्रले देशमा पुर्याएको रोजगारीको कुरा गर्दा होस्, सफा ढंगले राज्यलाई कर तिरेका कुरामा होस, त्यसमा बीमा उद्योगलाई कहिकतैबाट जोडिन्छ भने त्यस्तो अवस्थामा शिखर इन्स्योरेन्सको नाम हमेसा छुट्दैन ।। यसको मतलब शिखर इन्स्योरेन्स अन्य कम्पनी भन्दा केही नयाँ गरौ भन्ने जोसमा अडिग रहेको पाइन्छ । यसरी शिखर इन्स्योरेन्सको नाम अघि आउँनुमा सोही कम्पनीलाई अहोरात्र खटेर हाँकिरेका सीईओ पाण्डेको चेहरालाई भुल्यौ भने बीमा क्षेत्रलाई नै खासै न्याय हुँदैन ।
उनले विगतमा धादिङमा गाडीले कुखुरा मार्दा समेत बन्द हुने नेपालको मुख्य हाईवे अहिले बीमाकै कारण टेस्ला गाडी जुध्दा समेत बाटो जाम हुने अवस्थाबाट मुक्त भएको उदाहरण धेरै पटक पेश गरेका छन् । यसबाट बीमाले आर्थिक जोखिममा चालक तथा यात्रुलाई मात्र नभई राजमार्गमा बीमाले पुर्याएको प्रत्यक्ष अप्रत्यक्ष योगदानको झल्को दिलाउन मद्धत गर्छ भन्ने उनको आशय हुने गरेको छ ।
बीमा क्षेत्रका कुनै सीईओ नियुक्त हुँदा होस वा कसैको बिदाई हुँदा होस् त्यस बारेमा हुने पुरातनवादी शैलीमै चर्चा तथा टिका टिप्पणीले पनि धेरै विज्ञ सीईओहरु आजित देखिन्छन् । यस्तो अवस्थामा कुनै पनि व्यक्तीले निश्चित क्षेत्रमा र निश्चित समयमा पुर्याएको योगदानको सहि विश्लेषण र सकारात्मक चर्चा हुनुपर्छ भन्ने हाम्रो पनि उदेश्य हो ।
जुम्लामा समेत जमेका पाण्डे
दीप प्रकाश पाण्डे शहरी भेगका बासिन्दा हुन् । यसको मतबल सीईओ पाण्डे राजधानीकै उच्च खानदानमा हुर्किने अवसर पाएका व्यक्ती हुन् । तर, सीईओ पाण्डेलाई ग्रामिण भेग समेत निकै मन पर्ने बताउँने गरेका छन् । उनले काठमाडौंमा बसेर जुम्लामा समेत स्याउको मौसमी सूचांकको आधारमा बीमा गर्दै आएका छन् । यसको मतलब हिउँले स्याउ नष्ट गर्दा पुर्पुरोमा हात लगाएर बस्न बाध्य जुम्ली जनताहरु अहिले शिखर इन्स्योरेन्सका साथ पाएर वर्षौनी करोडौं रकम बीमाबाट लिन सफल भएका छन् । त्यस्तो बीमा योजना नेपालका अन्य १४ कम्पनी मध्ये कुनै कम्पनीले संचालन गर्न आँट नगरेको बेलामा शिखर इन्स्योरेन्सले भने सफलतापूर्वक व्यवसाय गरि रहेको अवस्था छ । यसमा समेत सीईओ पाण्डेको हात छ भन्दा दुई मत नहोला ।
क्याटल इन्स्योरेन्सदेखि हवाईबीमासम्म चर्चित शिखर इन्स्योरेन्स
हाल गाई बस्तुका साना क्याटल इन्स्योरेन्सदेखि ठूला हवाईजहाज र जलविद्युतका बीमामा शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो पकड कायमै राखेको अवस्था छ । सीईओ पाण्डेकै दूरदर्शी भिजनका कारण नेपाल बीमा प्राधिकरणले चुक्तापुँजी बढाउन अन्य कम्पनीहरुलाई चर्को दबाब, सक्दो सजिकरण, विभिन्न शिर्षकमा छुट दिदाँ पनि अधिकांश कम्पनीहरुले आफ्नो चुक्तापुँजी कनिकुथी समेत पुर्याउन नसकेको लज्जास्पद अवस्था छ । जति बहानाबाजी बनाए पनि नियामक निकायले तोकेको समय पूँजी नपुगेका बीमा कम्पनीहरुलाई खासै ढाकछोप हुने अवस्था छैन । तर, पनि यी विषयमा मौन बस्दा दुई तर्फ बीमा प्राधिकरण तथा कतिपय बीमा कम्पनीहरु खुशी देखिन्छन् ।
तर, शिखर इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणले ठाडो निर्देशन या भनौ लामो (ग्रेस पिरियड) थप अवधि दिनुभन्दा पहिले नै आफ्नो पूँजीको जोहो गरेको देखिन्छ । साथै, सोही कारण शिखर इन्स्योरेन्सलाई मर्जरमा जान समेत न कुनै दबाब पर्यो या भनौ एक्लै हिड्ने शिखरको अदम्य शाहसमा कुनै फरबदल नै आयो । यसरी शिखर इन्स्योरेन्सको वास्तविकता निर्धक्क रुपमा चित्रण गरि रहदा वा हरकोहीले कम्पनीले विश्लेषण गर्छ भने यस्तो बेलामा दीप प्रकाश पाण्डेको नाम छुट्टाउने हो भने लेख नै फिक्का हुन जान्छ । या भनौ कुनै पनि सीईओले आफ्नो केस पाकुन्जेल एउटा कम्पनीमा पुर्याएको अभूपूर्व योगदान नै ओझेलमा पर्न सक्छ ।
आफ्नो कुशल कार्यक्षमता, नेत्तृत्वदायी भूमिका तथा संचालक समितिको अपेक्षा यी तीन वटा कुरा पूरा गर्ने सीईओहरु नै कुनै पनि कम्पनीमा दीर्घकालसम्म कार्यरत रहने बैंक, वित्तीय क्षेत्रको ईतिहासले देखाउँछ। यस्तै आफ्नो अदम्य क्षमता, संचालक माथिको पूर्ण विश्वास तथा समूहमा राम्रो नेत्तृत्व गरेकै कारण दीप प्रकाश पाण्डेले शिखर इन्स्योरेन्सको सीईओ बन्दै नेपाली बीमा क्षेत्रको ठूलो बाजी मारेका छन् । आगामी दिनमा समेत उनको जोस, कार्य क्षमता र साहसीपनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगोस् भन्ने आम बीमित, शेयरधनी तथा सरोकारवाला नागरिकहरुमा अझ ठूलो आशा पलाएको अवस्था छ ।