

चालु पूँजी कर्जा नीति आगामी आर्थिक वर्षबाट व्यवसायको क्षेत्र आधारमा परिमार्जन हुने




काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरेको छ । आगामी आर्थिक वर्ष लक्षित नयाँ मौद्रिक नीतिबाट नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा नीति आगामी आर्थिक वर्षबाट व्यवसायको क्षेत्र आधारमा परिमार्जन नयाँ व्यवस्था ल्याएको हो।
यता, आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सो नीति सार्वजनिक गरेका हुन् ।
सोही चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई पुनरावलोकन हुने भएसँगै कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, मिडिया र सञ्चार क्षेत्रका व्यवसायीहरुको प्रकृति र कर्जा भुक्तानी चक्रको अवस्थाअनुसार परिमार्जन हुने गभर्नर पौडेलले सुनाए।