

एनटीसीले ल्यायो मनसुन लक्षित छुट अफर, भोलिबाटै ग्राहकहरुले विविध सुविधा पाउने




काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्ना ग्राहकरुलाई लक्षित गर्दै नयाँ प्याक सुविधा बजारमा ल्याएको छ । उसले ग्राहकहरुलाई मनसुन प्याक उपलब्ध गराउने भएको हो ।
विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकवर्गका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले भोलि (२०८२ असार २६) देखि लागु हुने गरी मनसुन अफर २०८२ (Monsoon Offer 2082) अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।
यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३०% छुटमा समेत उपलब्ध गराइने छ ।
ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा …नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।
यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत प्राप्त गर्न सकिनेछ।