
प्रभु बैंकले ३ लाख ६९ हजार कित्ता शेयर बिक्रीका लागि डाक्यो सर्वसाधारण



काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ । हाल विभिन्न ९ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ६९ हजार ८५ कित्ता शेयरका लागि ब्रिकी खुला गरेको हो ।
संस्थापकहरूबाट सो शेयर खरीद नभएपछि सर्वसाधारण व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले जानकारी दिएको छ । अब शेयरका लागि आवेदन दिन चाहनेले दुई साता भित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन बुझान सक्ने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

