

प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा




काठमाडौं । निर्जीवन बीमक, प्रभु इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पीनीले आफ्नो २९औं वार्षिक साधारणसभा आगामी साउन २३ गते शुक्रबार बिहान ११ बजे डाकेको हो।
यता, सोही कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले तीनकुनेस्थित प्रभु कम्प्लेक्समा साधारणसभा बस्ने जनाएको बेलामा सभाले कम्पनीको सञ्चालक समितिले यसअघि नै निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्ने जनाएको छ। सभाले प्रस्तावित बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित हुने जनाइएको हो।
सभाबाट आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९४७४ प्रतिशत नगद लाभांश गरि कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सोही सभाबाट अन्य महत्वपूर्ण निणर्यहरु समेत पारित हुने तालिका रहेको प्रभु इन्स्योरेन्सले जनाएको छ ।