
प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा साढे ४ अंकको गिरावट



काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक प्रि-ओपन सेसनमा साढे ४ अंकले घट्न पुगेको छ। हिजो ०.१४ अंक घटेर २६८३.८६ विन्दुमा बन्द भएको सोही परिसूचक बुधबार भने ४.४९ अंक घटेर २६७९.३७ विन्दुमा कायम भएको हो।
यता, सोही अवधिमा सेन्सेटिभ इण्डेक्स ०.४८ अंकले घटेको देखिन्छ। त्यसरी नै बुधबार प्रि-ओपन सेसनमा ३७ कम्पनीहरुले ८६ पटक कारोबार गर्दा ४ करोड ८२ लाख २५ हजार ३७१ रुपैयाँ २० पैसाबराबरको ८३ हजार ९९३ कित्ता सेयर किनबेच हुन पुगेको छ।
सोही मध्ये १३ कम्पनीहरुको मूल्य उचालिदा यता २३ कम्पनीहरुको मूल्य ओरालो लागेको अवस्था छ ।

