

एसियन लाइफ इन्स्योरेन्सले जारी गर्यो हकप्रद सेयर




काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। आजै हकप्रद जारी गरेको सो जीवन बीमा कम्पनीले हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात् १ः०.४२ अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्काशन गरेको बताइएको हो ।
यता, हकप्रद सेयर निष्कासन प्रयोजनार्थ सो कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको बेलामा सो कम्पनीको जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भर्ई कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिने अवस्था छ।
त्यस्तै, इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एसियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन मिल्ने प्रबन्ध गरिएको छ ।