

नेपाल जर्मन उद्योग वाणिज्य संघको बेलायतका लगानीकर्तसँग मेट्रो रेल लक्षित छलफल




काठमाडौं । नेपालमा मेट्रो रेलमा लगानी गर्ने सम्बन्धमा लन्डनमा नेपाल जर्मन उद्योग वाणिज्य संघले बेलायतका लगानीकर्तसँग छलफल सम्पन्न भएको छ ।
त्यस्तै, नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले बेलायत र जर्मनीका लगानीकर्ताहरुसँग छलफल गरेको बताए । नेपाली राजदूतावास यूके लन्डन र सोसाइटी अफ नेपलिज ईन्जिनियर्स यूकेले संयुक्त रूपमा आयोजित बीटूबी मिटिङमा उक्त कुरा भएको अध्यक्ष कुँवरले बताए ।
यता, नेपालको तर्फबाट उक्त छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले भाग लिएका थिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा यातायात पूर्वाधारमा धेरै सम्भावना भएको बारे प्रस्ट पार्दै नेपालमा मेट्रो रेलमा लगानी गर्न अनुरोध गरे ।
नेपाल जर्मन उद्योग वाणिज्य संघ साथै यूकेका लगानीकर्ताहरुलाई संयुक्त रूपमा लगानी जुटाई अगाडि बढ्न अनुरोध गर्दै लगानी बोर्डले यसमा पूर्णरुपमा लगानीको सुरक्षाको प्रत्याभूति दिने प्रस्ट पारे । उक्त मिटिङमा सीईओ ज्ञवालीले लगानीका प्रावधान बारे प्रष्ट पार्दै नेपालमा अहिले राम्रो लगानीको वातावरण भएको र राम्रो प्रतिफलको पनि सम्भावना रहेको बताए ।
सोसाइटी अफ नेपालिज ईन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको पूरा खाका साथै आफ्नु अनुभव सुनाउँदै लगानीको प्रसस्थ सम्भावना भएको बताए । बेलायतका लागि नेपालका महामहिम राजदुत चन्द्र घिमीरेले नेपालमा मेट्रो रेलमा लगानी गर्ने ठूलो अवसर भएको बताए ।