
राष्ट्र बैंकले भन्यो :अनलाइन कारोबार गर्दा सजकता अपनाउनु



काठमाडौं । बैंक वित्तीय क्षेत्रको मुख्य नियमनकर्ता नेपाल राष्ट्र बैंकले आर्थिक कारोबार गर्दा नागरिकहरु सजक हुनु पर्ने सन्देश जारी गरेको छ । मुख्यतय अनलाइन सन्देशमार्फत कारोबार गर्दा त्यस्तो सजकता अपनाउन राष्ट्र बैंकले सुझाव दिएको हो ।
बेला-बेलामा नागरिकहरुको वित्तीय साक्षरताका लागि महत्वपूर्ण सन्देश जारी गर्दै आएको राष्ट्र बैंकले यसपालि कुनै चिनजान नभएका अपरिचित स्रोतबाट आएका सूचनाबाट जोगिन आग्रह गरेको छ ।
नेपालकै हकमा अनलाइन बैंकिङको नामलाई जोडेर विभिन्न अकल्पनिय घटनाहरु घटिरहेको बेलामा नागरिकहरुलाई आफ्नो कारोबार कस्तो स्रोतसँग भइरहेको छ ? र त्यसको माध्यम के-कस्तो हो ? भन्ने बारेमा सहि जानकारी राख्न नागरिकहरुलाई सजक रहन आग्रह गरिएको हो।
साथै, तपाईलाई चिठ्ठा पर्यो भन्ने लगायतका गलत सन्देश आफ्नो ह्वाट्सएप, भाइबर, मेसेन्जर ,मोबाइल एप वा इमेलमा आएमा त्यसको बेवास्ता गर्नु पर्ने राष्ट्र बैंक बताउँछ । यसभन्दा अघि पनि नेपाल राष्ट्र बैंकले दिने गरेका वित्तीय साक्षारता र डिजिटल डिटरेसी सम्बन्धि कार्यक्रममा एक क्लिकमा नै कुनै पनि व्यक्तीको ज्यान तथा सम्पत्ती जोखिममा पर्ने भएकाले कारोबार गर्दा निकै सावधानी अपनाउनु पर्ने सन्देश जारी हुने गरेको थियो ।
मुख्यतय चाडपर्वको बेलामा नै निकै अप्रिय घटनाहरु घट्ने प्रहरी रेकर्डहरु साक्षी रहदै आएको बेलामा राष्ट्र बैंकले समेत सम्पूर्ण नागरिकहरुलाई आफ्नो पहिचान गर्न दिएको सन्देश अर्थपूर्ण देखिन्छ ।

