

एथर रिज्ता नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने




काठमाडौं । इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जीले नयाँ स्कुटर एथर रिज्ता नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । उसले नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको हो ।
एथर ४५० सिरिजको सफलतापछि, एथर रिज्ता एक नयाँ युगको सुरुवात भएको बताउँदै कम्पनीले सो स्मार्ट र शक्तिशाली स्कुटर जुन नेपाली परिवारका लागि विशेष रूपमा डिजाइन गरिएको बताएको छ। उसले एथर रिज्ता एक स्मार्ट, फराकिलो र अत्यन्तै सुविधाजनक इलेक्ट्रिक स्कुटर हो, जुन दैनिक जीवनको हरेक मोडमा काम लाग्ने बताएको अवस्था छ।
यता, भारतमा यसको सुरुवाती वर्ष १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको बेलामा वैद्य इनर्जीले सोही डिजाइन र प्रविधिलाई नेपालका सडक, संस्कृति र आवश्यकता अनुसार अनुकूलन गरी नेपाली उपभोक्ता सामु ल्याउने भएको हो। सोही रिज्ताको लामो सिट र ठूलो स्टोरेज नेपाली परिवार तथा शहर गाउँ बीचका यात्राका लागि उपयुक्त हुनेछन् । स्किड कन्ट्रोल, थिफ्ट अलर्ट जस्ता सुरक्षा सम्बन्धी विशेषताहरु ले नेपाली सडकमा थप आत्मविश्वास दिने बताइएको छ।
त्यसरी नै रिज्ताको स्मार्ट कनेक्तिभिटी फिचरहरू जस्तै नेभिगेसन, राइड स्ट्याट्स, ओटीए अपडेट आदि अब नेपाली भाषा र स्थानीय नक्सासँग अनुकूल गरिनेछ । १५९ किमिको विस्तारित रेन्ज भएको दुई भेरिएन्ट काठमाडौं, पोखरा, भक्तपुरजस्ता सहरहरूबीचको यात्रालाई झन्झटरहित बनाउनेछ । साथै, एथरले ब्याट्री वारन्टी र सरल फाइनान्सिङ योजना मार्फत पेट्रोलबाट विद्युतीय सवारीमा रुपान्तरण गर्न चाहने नेपाली उपभोक्तालाई सहयोग पुऱ्याउनेछ ।
यस्ता छन् एथर रिज्ताका विशेषताहरु
उल्लेखनीय रेन्ज एकपटक चार्ज गर्दा १५९ किमी सम्म यात्रा लामो यात्रा वा दैनिक उपयोग दुवैका लागि भरपर्दो ।
शक्तिशाली प्रदर्शन ४.३ किलोवाट मोटर, छिटो एक्सेलेरेशन र विश्वसनीय टप स्पीड ।
परिवारमैत्री आराम सेग्मेन्टकै सबैभन्दा लामो सिट यात्राको हरेक पल सहज ।
सुरक्षा केन्द्रित डिजाइन स्किड कन्ट्रोल, डिस्क ब्रेक, मजबूत चेसिस ।
स्मार्ट कनेक्तिभिटी ७ इन्चको टचस्क्रिन, गुगल म्याप्स, म्युजिक कन्ट्रोल, कल म्यानेजमेन्ट, अपडेट ।
ब्याट्री सुरक्षा रेटेड ब्याट्री र ५ वर्षको वारन्टी ।
व्यावहारिकता ३४ लिटरको स्टोरेज सेग्मेन्टमै सबैभन्दा धेरै ।
सार्वजनिक प्रदर्शन र बूकिङ
एथर रिज्ता २०२५ अगस्ट ६ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुनेछ । बुकिङ चाँडै खुल्नेछ, र स्कुटर यसै वर्ष नेपालभर उपलब्ध हुने अपेक्षा गरिएको बेलामा एथर एनर्जीले नेपालमा तीव्र वृद्धि गरिरहेको जनाएको छ ।
कम्पनीका अनुसार हालसम्म काठमाडौं, पोखरा, बुटवल र इटहरी मा ८ वटा एक्स्पेरियन्स सेन्टर, बौद्धमा १ टेस्ट राइड जोन, ६ वटा सर्भिस सेन्टर, र २१ वटा फास्ट चार्जिङ ग्रिड स्थापना भइसकेका छन् । एथर रिज्ता सबैभन्दा प्रतीक्षित उत्पादनमध्ये एक रहेको वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्याश वैद्यले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका हुन् ।