

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा




काठमाडौं । प्रभु बैंक लिमिटेडले सेयरको ब्रिक्री खुलाएको छ । यसले धेरै मात्रामा संस्थापक सेयरको बिक्री खुलाएको हो।
त्यस्तो सेयर इच्छुक जो कोहीले किन्न सक्ने भन्दै बैंकले २१ लाख ५ हजार ६ सय ७५ कित्ता संस्थापक सेयर सर्वसाधारणलाई लक्षित गर्दै बिक्री गर्ने भएको छ। सोही बैंकले यसअघि संस्थापक शेयरधनीलाई बिक्री खोलेको थियो ।
यता, सोही सेयर खदिद गर्न इच्छुकहरुले आफ्ना कागजातसहित १५ दिनभित्र प्रभु बैंकको काठमाडौंस्थित केन्द्रीय कार्यालय, बबरमहलमा आवेदन दिनुपर्ने बताइएको छ ।