

सन नेपालको हकप्रद सेयर बिक्रीमा




काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि अवितरित सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ ।
कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर १ः०.२७ को अनुपातमा बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाएका थिए । उक्त हकप्रद शेयर असार १२ गते बाँडफाँट बाँडफाँट गरिसकेको छ ।
यसरी बाँडफाँटमा नरपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो । जसमा संस्थापक समूहतर्फ ८० हजार २२२ कित्ता (लकइनमा रहेको) र सर्वसाधारण समूहतर्फ १ लाख ४४ हजार ५०६ कित्ता रहेको छ । यसमध्ये पनि ४ हजार ४९ कित्ता सेयर लकइनमा रहेको सेयर हो ।
सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले प्रतिकित्ता के कति दररेटमा सेयर लिने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।
संस्थापकतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । त्यस्तै, अधिकतम १० अंकले भाग जाने संख्यामा आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । आवेदन असार ३० गतेसम्म दिन सकिनेछ ।
बोपलपत्र फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालय ठमेल, काठमाडौं तथा सन नेपला लाइफको पुतलीसडक काठमाडौं शाखा तथा विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीका शाखामा पाइनेछ भने सोही स्थानमा फाराम बुझाउन सकिनेछ ।