

नेरुडे मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालक बने भानु भक्त दवाडी




काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थको स्वतन्त्र सञ्चालकमा भानु भक्त दवाडी नियुक्त भएका छन्।
उनलाई कम्पनीको सञ्चालक समितिको ३७१ औं बैठक असार २० गते बसेको बैठकले स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको जनाइएको हो। यता, असार २० गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि नियुक्ती पाएका उनलाई सोही संस्थाले उक्त नियुक्ति नियमन अनुसार स्वीकृत प्रक्रिया पूर्ण गरी गरेको बताएको छ ।