

जाग्यो सेबोन : दुई ब्रोकरलाई कारबाही




काठमाडौं । शेयर बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्ड केही आक्रामक बनेको छ । उसले सिधैं एक्सनमा उत्रिदै एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटि ब्रोकर कम्पनी गरी २ ब्रोकरलाई एकसाथ कारबाही गरेको हो।
उसले दुवै कम्पनीहरुलाई ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको अवस्था छ। यता, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा १ र २ बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेश नगरेको बताइएको छ ।
सोही कारण धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा ९२० बमोजिम प्रथम पटकको लागि रु ५,००० आर्थिक जरिवाना गरिएको सूचना धितोपत्र बोर्डले दिएको हो ।