

बुंगल हाइड्रोपावरले आईपीओ ल्याउने, धितोपत्र बोर्डबाट पायो अन्तिम स्वीकृती




काठमाडौं । बुंगल हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सोही प्रयोजनका लागि नेपाल धितोपत्र बोर्ड सोबोनबाट अनुमति समेत प्राप्त गरेको हो ।
यता, प्रतिकित्ता १०० रुपैयाँ फेस भ्यालू मा २९ लाख ५ हजार कित्ता सेयर जारी हुनेछ भने सोही आईपीओ जारीसँगै उसको चुक्ता पुँजी ८३ करोड रुपैयाँ पुग्नेछ ।
सोही प्रयोजनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल तोकिएको छ ।