

यस्तो छ विदेशी मुद्राको विनिमय दर




काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।
यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।