

जीवन बीमकहरुको जेठ महिनासम्मको व्यवसायीक अवस्था सार्वजनिक, वैदेशिक बीमामा सन नेपालको बर्चस्व




काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको पछिल्लो व्यवसायीक अवस्था सार्वजनिक गरेको छ । सोही व्यवसायीक अवस्था अनुसार जीवन बीमा बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ३१ अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।
उनीहरुले वैदेशिक रोजगार बीमा वापत २ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेका छन् । सोही मध्येमा सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्सले ४४ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । सोही बेलामा अन्य कम्पनीहरुले सो भन्दा कम रकम संकलन गरेका छन् ।