

बढ्यो सेयर बजार, लगानीकर्ताहरुमा उत्साह




काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढ्न पुगेको छ । आईतबार परिसूचक २६.५३ अंकले बढ्न पुगेको हो ।
आज सेयर बजारमा नेप्से परिसूचकले २६२२.२८ बिन्दु कायम गरेको बेलामा ३ सय २८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता बराबरको ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको कारोबार भएको देखिन्छ ।
सोही दिन उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३९.४५ अंकले घट्दा अन्य उपसूचकहरु भने उचालिए । सेयर बजार बढेको दिन ६३ कम्पनीको मूल्य घटे पनि यता १ सय ८५ कम्पनीको भने मूल्य उकालो लागेको छ।