

सबै लघु बीमकलाई पछार्दै नेपाल माइक्रो फेरी टपमा




काठमाडौं । आज नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेका पछिल्ला व्यवसायीक तथ्यांकहरु सार्वजनिक गर्यो । त्यस्तो बेलामा लघु बीमकहरुको समेत व्यवसायीक अवस्था प्रकाशन गरिएको छ । सोही बेलामा सदाझै नेपाल माइक्रोले आफ्नो अग्रता कायम नै गरेको छ । लघु बीमकहरुको कार्य प्रगति हेर्दा उनीहरुको सक्रिता पनि नेपाल बीमा बजारमा एक गियरबाट दुई अनि दुईबाट तीनमा दौडिएको जस्तो भान हुन्छ ।
यता, चालू आर्थिक वर्षको जेठ महिनासम्ममा चार निर्जीवन लघुबीमा बीमकले ८४ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस्तो बेलामा नेपाल माइक्रोले ११ महिनामा २३ करोड ७९ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। उसले लघु बीमकमा विगतदेखि नै अग्रता कायम गर्दै आएको र यसपालि पनि टप हुन सफल भएको हो ।
नेपाल माइक्रो पछि प्राटेक्टिभ माइक्रो इन्स्योरेन्सले समिक्षा अवधिमा २२ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। त्यसपछि प्रतिस्पर्धामा स्टार माइक्रो होमिएको छ । स्टार माइक्रोले पनि समिक्षा अवधिमा २० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको तथ्यांकमा देखिन्छ।
साथै, ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको अवस्था छ।