

यस्तो छ निर्जीवन बीमा कम्पनीहरुको पछिल्लो व्यवसायीक अवस्था




काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्म आर्जन गरेको व्यवसायीक विवरण सार्वजनिक गरेको छ । सोही विवरण अनुसार सबैभन्दा धेरै बीमा व्यवसाय आर्जन गर्न शिखर इस्योरेन्स कम्पनी सफल भएको हो ।
यस्तो छ १४ निर्जीवन बीमा कम्पनीहरुको जेठसम्म (११ महिनाको) व्यवसायीक अवस्था
शिखर इन्स्योरेन्सले गत जेठसम्ममा ४ अर्ब ८९ करोड रुपैयाँ आर्जन गरेको थियो भने यसपालि ५ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।
सलिकोले पोहोर जेठसम्ममा ४ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेकोमा यसपालि ४ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको हो ।
सिद्धार्थ प्रिमियरले पोहोर जेठसम्ममा ३ अर्ब ६६ करोड रुपैयाँ आर्जन गरेकोमा यसपालि ३ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले पोहोर जेठसम्ममा ३ अर्ब २३ करोड आर्जन गरेकोमा यसपालि ३ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ
आईजिआई प्रुडेन्सियलले गत वर्ष जेठसम्ममा ३ अर्ब २१ करोड आर्जन गरेकोमा यसपालि ३ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ ।
नेको इन्स्योरेन्सले गत वर्ष जेठसम्ममा २ अर्ब ८८ करोड आर्जन गरेकोमा यसपालि २ अर्ब ९५ करोड आर्जन गरेको हो ।
एनएलजी इन्स्योरेन्सले गत वर्ष जेठसम्ममा २ अर्ब २६ करोड आर्जन गरेकोमा यसपालि २ अर्ब करोड ७४ आर्जन गरेको हो ।
ओरेन्टल इन्स्योरेन्सले गत वर्ष जेठसम्ममा १ अर्ब ७५ करोड आर्जन गरेकोमा यसपालि २ अर्ब ४२ करोड आर्जन गरेको हो ।
यूनाईटेड अजोड इन्स्योरेन्सले गत वर्ष जेठसम्ममा २ अर्ब ३८ करोड आर्जन गरेकोमा यसपालि २ अर्ब ४१ करोड आर्जन गरेको हो ।
सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको जेठसम्ममा २ अर्ब २१ करोड आर्जन गरेकोमा यसपालि २ अर्ब ३६ करोड आर्जन गरेको हो ।
नेपाल इन्स्योरेन्सले गत वर्ष जेठसम्ममा १ अर्ब ४० करोड आर्जन गरेकोमा यसपालि १ अर्ब ८४ करोड रुपैयाँ आर्जन गरेको हो ।
प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको जेठ महिनामा १ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेकोमा चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ अर्ब ५७ करोड आर्जन गरेको हो ।
राष्ट्रिय बीमा कम्पनीले गत वर्ष जेठसम्ममा १ अर्ब ३१ करोड व्यवसाय गरेकोमा यसपालि १ अर्ब ५३ करोडको व्यवसाय गर्न सफल भएको छ ।
नेशल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको जेठसम्ममा १ अर्ब ५३ रुपैयाँ बराबरको व्यवसाय गरेको यपपालि सोही अवधिमा ९७ करोड ७६ लाखको व्यवसाय गरेको छ ।
यसरी हेर्दा निर्जीवन बीमा कम्पनीहरुले २०८१ जेठसम्ममा ३६ अर्ब ३२ करोड रुपैयाँ बराबरको व्यवसाय गरे पनि यसपालि २०८२ जेठसम्ममा सो आम्दानी ३९ अर्ब ३ करोड रुपैयाँ कायम हुन पुगेको अवस्था छ ।