

बीमा प्राधिकरणले आगामी वर्षको रणनीतिमा भोली खाँका बनाउने




काठमाडौं । योजना बिहीन बन्दा ठोस कार्यको अभावको परिणाम अधिांश नियामक निकायहरुले खेप्नु परेको बेला छ । यस्तो बेलामा बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण पनि त्यस्तो समस्याबाट अछुतो भने छैन ।
आगामी वर्षमा त्यस्तै समस्या खेप्न नपरोस भनेर बीमा प्राधिकरणले छलफल चलाउने भएको छ । उसले आगामी आर्थिक वर्ष लक्षित कार्यक्रम आयोजना गर्र्दैै नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्ययोजनामा केन्द्रित हुने भएको छ ।
प्राधिकरणका अनुसार ललितपुरको गोदावरीमा एक दिवसीय संचान हुने भएको छ । कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष, सञ्चालक, अर्थमन्त्रालयका प्रतिनिधिहरु सहभागी हुने कार्यतालिका रहेको बुझिएको छ । आगामी दिनमा बजेटको कार्यन्वयन गर्न, बीमा सचेतना कार्यक्रम अभिवृद्धि गर्न समेत सोही कार्यम्रम सहयोगी हुने बुझिएको छ ।