

गभर्नरको सम्पत्ति सार्वजनिक, ४४ तोला सुन, ललितपुर र नवलपरासीमा घर




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक भएको छ। गभर्नर पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुुसार ४४ तोला सुनका तथा हिराका गहना १५ लाखको रहेको देखिएको हो।
यता ,ललितपुर महानगरपालिका–४ भैसेंपाटीमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दाम जग्गामा घर रहेको छ । उक्त घर १ करोड ५५ लाख रुपैयाँमा खरीद गरेको जनाएको बेलामा अर्को घरजग्गा नवलपरासीको गैंडाकोटमा छ । त्यसको मूल्य ६० लाख रहेको जनाइएको छ । घर पैत्रिक सम्पत्ति र स्वआर्जनबाट खरिद गरेको उनको भनाइ छ । दुवै घर शर्माको नाममा छ ।
पौडेल र शर्माको नाममा सानिमा बैंकमा डलर खाता रहेको छ । पौडेलको खातामा ६६।७८ अमेरिकी डलर छ । पत्नी शर्माको खातामा ४४ सय ४६।५८ डलर रहेको देखिएको हो। साथै, पौडेलको नाममा सानिमा बैंकको खातामा १३ लाख २३ हजार १९२, नेपाल इन्भेष्टमेन्ट मेगामा २ लाख ५९ हजार ३४४ र शर्माको नाममा सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ र प्रभु बैंकमा ४ लाख ७३ हजार ८२२ रुपैयाँ रहेको छ । शर्माको नाममा ४४ लाख रुपैयाँमा खरिद गरेको सुजुकी कार रहेको सम्पत्ती विवरण आजै सार्वजनिक भएको हो।