

दोर्दी खोलाको अवितरित हकप्रद फेरी लिलामीमा आउँदै




काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर फेरी लिलाम बिक्रीमा ल्याउने जनाइएको छ ।
त्यस्तै, यसअघि कम्पनीले जेठ ११ देखि जेठ २० गतेसम्म लिलामी प्रक्रियामार्फत अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रदन सेयर लिलामीमा राखेको थियो । उक्त सेयरमध्ये लकइनमा रहेको संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारणको १ लाख ६५ हजार ९५३ कित्ता थियो भने लकइनमा नरहेको सर्वसाधारण समूहको ४ लाख ९५ हजार ६७९ कित्ता थियो ।
उक्त सेयर जेठ २८ गते बाँडफाँट गरिसकिएको छ । तर लकइनमा नरहेको ९३ हजार ६२९ कित्ताका लागि खरिद आवेदन परेको थिएन । सोही सेयर कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपियाँमा पुनः लिलाम प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
साथै, सोही सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले प्रतिकित्ता के कति दररेटमा लिने हो सो विवरण खुलाई असार २४ गतेदेखि ३२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने जनाइएको हो।